images
images
  • साउन १ गतेदेखि लागु हुनेगरी कुन बैँकले कति बढाए ब्याजदर ?

    काठमाडौं- सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न वाणिज्य बैंकहरूले साउन १ देखि लागू हुनेगरी नयाँ व्याजदर प्रकाशित गरेका छन् ।

    गत विहिबार बाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेसँगै बैंकहरूले नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । साउन महिनाका लागि सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकले भने बढाएका छन् ।

    साउनमा अधिकांश बैंकहरुले ब्याजदर घटाए पनि नबिल बैंक र प्राइम बैंकले भने बढाउने निर्णय गरेका हुन् । साउनमा बैंकको निक्षेपको ब्याजदर घटबढ गरेपनि कर्जाको ब्याजदर सबै बैंकले घटाएका छन् । अधिकांश बैंकहरुको आधार दर समेत घट्दो क्रममा छ ।

    कर्जामा सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकमा रहेको देखिन्छ । बैंकहरुले आधार दरमा प्रिमियम जोड्ने भएकाले राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ८.२४ प्रतिशतमा झरेको छ । साथै, बैंकले १.५ प्रतिशतसम्म प्रिमियम लिने बताएको छ ।

    अधिकांश बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम लिने बताएका छन् । सोही अनुसार बैंकहरुको कर्जाको ब्याजदर निर्धारण हुनेछ ।

     

    कुन बैंकको कति ब्याजदर ?

    May be an image of text that says 'एनएमबी बैंक प्राइम कमर्सियल बैंक नबिल बैंक कुमारी बैंक हिमालयन बैंक ग्लोबल आईएमई बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सिटिजन्स बैंक लक्ष्मी सनराइज बैंक कृषि विकास बैंक सिद्धार्थ बैक प्रभु बैंक एभरेष्ट बैंक सानिमा बैंक नेपाल एसबीआई बैंक माछापुछ्े बैंक राष्ट्रय वाणिज्य बैंक नेपाल बैंक स्टरयाण्डर्ड चार्टड बेंक व्याजदर प्रतिशत १०.९5 १०.९३ १० १०.४९ ૧०.०૧ ९.९९ ९.९९ ९.९९ ९.९९ ९.९९ ९.ሂ१ ९.५० ९.५० १० ९.२५ ९.१० ९ ५.९९ ५.९९ 5.९ሂ सम्मन्धित'

    नबिल बैंक: 
    नबिल बैंकले साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशत र रेमिट्यान्स खातामा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकले संस्थागततर्फ ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेको हो । उसले रेमिट्यान्स बचत खातामा ११.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

     प्राइम कमर्सियल बैंक :
    प्राइम कमर्सियल बैंकले पनि साउनमा ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ५.९३ प्रतिशतदेखि अधिकतम ७.९३ प्रतिशत र रेमिट्यान्स खातामा ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ ८.९३ प्रतिशत, ब्यक्तिगततर्फ १०.९३ प्रतिशत र रेमिट्यान्स खातामा १२.५० प्रतिशत ब्याजदर तोकेको बैंकले जनाएको छ ।

     राष्ट्रिय वाणिज्य बैंक
    राष्ट्रिय वाणिज्य बैंकले साउनमा ब्याजदर घटाएको छ । बैंकले साधारण बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंक
    स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोकेको जनाएको छ । साथै, बैंकले साउनमा रेमिट्यान्स खातामा भने ७.४५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । बैंकले संस्थागततर्फ न्यूनतम ५.९५ प्रतिशतदेखि ६.९५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।

    ब्यक्तिगततर्फ ७.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याजदर तोकिएको बैंकले जनाएको छ ।

    ग्लोबल आइएमई बैंक
    ग्लोबल आइएमई बैंकले बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर दिने जनाएको छ । उसले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत, ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र रेमिट्यान्स खातामा भने ११.९९ प्रतिशत ब्याजदर दिने छ ।

    माछापुच्छ्रे बैंक
    माछापुच्छ्रे बैंकले बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.८५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले कर्मशील खाता र रेमिट्यान्स बचत खातामा ७.८५ प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत, ब्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्स खातामा १० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    प्रभु बैंक
    प्रभु बैंकले बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

    एभरेष्ट बैंक
    एभरेष्ट बैंकले बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ७.७५ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागततर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

    लक्ष्मी सनराइज बैंक
    लक्ष्मी सनराइज बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्ने जनाएको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर दिने छ ।

    नेपाल एसबिआई बैंक
    नेपाल एसबिआई बैंकले सबै बचत खातामा ६.४० प्रतिशत ब्याजदर तोकेको छ भने मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.१० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर दिने छ ।

    एनएमबि बैंक
    एनएमबि बैंकले बचत खातामा न्यूनतम ५.९८ प्रतिशतदेखि अधिकतम ८.९८ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । रेमिट्यान्स बचत खातामा १०.९८ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

    हिमालयन बैंक
    हिमालयन बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

    कुमारी बैंक
    कुमारी बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

    नेपाल बैंक
    नेपाल बैंकले बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ७.६६ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९क प्रतिशतसम्म ब्याजदर दिने निर्णय गरेको छ ।

    कृषि विकास बैंक
    कृषि विकास बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.५१ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५१ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

    तामा १०.५१ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

    सिद्धार्थ बैंक
    सिद्धार्थ बैंकले साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ।

    बैंकले ब्याक्तिगत तर्फको मुद्दती खातामा न्यूनतम ९.५ प्रतिशत ब्याजदर तोकेको छ।संस्थागततर्फ बैंकले ७.२५ प्रतिशत ब्याजदर तोकेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images