images
images
  • रास्वपा एमालेको पछि लाग्दैनः रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताएका छन् ।

    बिहीबार (आज) काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले अहिले पार्टी विस्तारलगायत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रित रहेको बताए ।

    सरकारमा सहभागी हुने बारे पार्टीभित्र पनि कुनै छलफल नभएको उनले प्रष्ट पारे । तर, सरकारको स्थायित्वको पक्षमा भने रास्वपा रहेको उनको भनाई छ ।

    उनले आफ्नो पार्टी छुट्टै प्रतिपक्ष भएकाले प्रमुख प्रतिपक्ष एमालेको पछि नलागेको पनि बताए ।राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रमुख प्रतिपक्षी एमालेको पछि लागेको भाष्य निर्माण गर्न खोजिएको भन्दै सभापति लामिछानले असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

    लामिछानेले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दाबी रहेको पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images