काठमाडौं- काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ । गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले खोजिरहेको हो ।
के भएको थियो ?
यो घटना जेठ ३१ गते बिहानको हो । एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरमा आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए ।
कोइरालालाई यसअघि नै प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कोइराला र ती नाबालिगबीच क्लबमा नै पहिलोपटक भेटघाट भएको थियो । साथीसँग त्यहाँ पुगेको भनिएकी ती नाबालिगले क्लबमा रक्सी पनि पिएकी थिइन् । पछि घर लगिदिने बाहनामा कोइरालाले नाबालिगलाई बिहान ३ः ३० बजे आफ्नो गाडीमा राखेर बागडोलस्थित पश्चिमाञ्चल सोलुसन प्रालिको भाडाको भवनमा लगेका थिए । फाइबर लगायतको काम गर्ने सो कम्पनीमा कोइराला पार्टनरसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यहाँ पुगेपछि कोइरालाले ती नाबालिगलाई पहिले अर्को कोठामा राखेका थिए । तर, केही बेरपछि केही बेरपछि कोइराला नाबालिग सुतेकै कोठा बलात्कार गर्न पुगेका थिए । नाबालिग चिच्याउन थालेपछि कोइराला त्यहाँबाट भागेका थिए । लगत्तै नाबालिगले आफन्तलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् । आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेपछि बिहान करिब साढे ४ बजे ती नाबालिगलाई रेस्क्यू गरेको प्रहरीको भनाई छ । फरार रहेका कोइरालालाई सोही दिन पक्राउ गरिएको थियो ।
उदयपुर घर भएकी ती नाबालिगले हालैमात्र एसईई परीक्षा दिएकी हुन् । उनी घुम्नका लागि काठमाडौँ आएको प्रहरी समक्ष बताएकी छन् । यद्यपि, उनी कोसँग र कसरी एलओडी पुगिन् भन्ने चाहिँ उनले हालसम्म खुलाएकी छैनन् ।


विश्व खबर 


















