images
images
  • हवाई भाडा घट्यो, कुन रुटमा कति ? (सूचीसहित)

    काठमाडौं-  नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागु हुने गरी हवाई भाडादर घटाएको हो ।

    नेपाल आयल निगमले गए रातिदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएपछि निगले भाडा घटाएको हो । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

    नयाँ भाडादरअनुसार काठमाडौं–धनगढीको भाडा ६१५ रुपैयाँले घटेर ६ हजार १० रुपैयाँ पुगेको छ ।
    काठमाडौं–भद्रपुर भाडा ४२० रुपैयाँले घटेले चार हजार ८५ रुपैयाँ कायम भएको छ ।

    यसैगरी काठमाडौंबाट विराटनगर तीन हजार २६५ रुपैयाँ, जनकपुर एक हजार ७५० रुपैयाँ, भरतपुर एक हजार ४५५ रुपैयाँ, पोखरा दुई हजार १५५ रुपैयाँमा झरेको छ ।

    काठमाडौं-भैरहवाको भाडा दुई हजार ८०० रुपैयाँमा झरेको छ ।

    Hawai vada 1hawai vada 2

    hawai vada 3

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images