images
images
  • ललिता निवासको जग्गा घेराबारा गर्न महानगर प्रहरीको टोली बालुवाटारमा

    काठमाडौं- काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार लगाउने भएको छ।

    महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न जग्गा घेराबाराको प्रक्रिया सुरू गरेको छ ।

    राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका छन् । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको पाण्डेले बताए । अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।

    बालुवाटार स्थित एनआरएनएको कार्यालयनजिकैको खाली जग्गामा घेराबारा गर्न महानगर प्रहरीको जम्बो टोली परिचालन गरिएको छ ।

    पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। त्यहिबीच महानगरले उक्त क्षेत्रमा तारबार लगाउन लागेको हो।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images