images
images
  • हेटौंडामा बस दुर्घटना हुँदा ३७ जना घाइते

    मकवानपुर- हेटौंडा ११ नवलपुरमा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका हुन्।

    नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एकसय मिटर तल खसेको हो। घाइते मध्ये १० जनाको हेटौंडा-११ मा रहेको चुरेहिल अस्पतालमा र २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

    ‘बस आफैं अनियन्त्रित भएर सडबाट तल खसेको हो। सोही स्थानमा सडक निर्माणको काम भैरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरेका छौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले भने, ‘घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको छ।’ दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको जानकारी दिँदै उनले चालक सम्पर्कमा नभएको बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images