images
images
  • प्रतिनिधिसभाबाट बजेट बहुमतले पारितः पक्षमा १४७, विपक्षमा १०८ मत

    काठमाडौ- सरकारले ल्याएको आर्थिक वर्ष ०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

    बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले मत विभाजनको माग गरेपछि मतदान प्रक्रियाबाट बजेट बहुमतले पारित भएको हो।

    विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा एक सय ४७ मत र विपक्षमा एक सय आठ मत खसेको छ। आजको प्रतिनिधिसभा बैठकमा २५५ सांसदहरुको उपस्थिति थियो।

    विनियोजन विधेयकलाई सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गर्दै गर्दा एमालेका सांसदले मत विभाजनको माग गरेपछि मतदान प्रक्रियामा गएको थियो।बजेटमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था संशोधन भएको छ।

    बजेटमा ४ वर्ष विधेयक हुन्छन्। जसमा विनियोजन विधयेक, आर्थिक विधयेक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुन्छन्।

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतबाट पास गर्न निर्णायर्थ पेश गरेको विनियोजन विधेयकलाई एमालेले मतविभाजनमा लैजान माग गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images