३ असार २०७८, बिहीबार   |  June 17, 2021
advertisement of bishwo khabr
Tika Gurung

गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेश सभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको हो ।

जनमोर्चाका सांसद थापा मोर्चा पार्टीको कारबाहीपछि प्रदेश सांसदबाट मुक्त भएपछि यसबिरुद्ध सर्वोच्चमा रिट परेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n