images
images
  • दबावमा नेपाल, सातौं विकेटमा दिपेन्द्र आउट

    काठमाडौं- आईसीस विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको छ ।

    लगातार विकेट गुमाएको नेपालका दिपेन्द्र सिंह ऐरी सातौं विकेटका रुपमा मात्र १४ रनमा आउट भएका छन् । ३३.५ ओभरमा भान बिकले उनलाई इडवार्डको हातबाट क्याच गराए । उनी आउट हुँदा नेपालको स्कोर १२३/७ छ ।

    यसअघि ३१.५ ओभरमा कप्तान रोहितकुमार पौडेल ३३ रनमा आउट भएका थिए ।

    नेपालले ३६ ओभर खेलिरहँदा १ सय ३२ रन बनाएको छ भने ७ विकेट गुमाएको छ।

    अहिले त्रिजमा गुलसन झा ९ र सन्दीप लामिछाने ४ रनमा खेलिरहेका छन्।

    २५.२ ओभरमा १९ बलमा १ छक्का हान्दै १२ रन बनाएका कुशल मल्ल आर्यन दत्तको बलमा क्याच आउट भए।

    १८.१ ओभरमा ५६ बल खेलेका भिम सार्की १ चौका मद्धतमा २२ रन बनाउँदा क्याच आउट भए।

    आरिफ शेख १६.१ ओभरमा विक्रमजित सिंहको बलमा भ्यान बेकको हातबाट क्याच आउट भए।

    विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images