images
images
  • पोखराको फेवाताल किनारमा सुरु भयो ‘ड्रागन रेस फेस्टिभल’

    पोखरा- फेवाताल किनारमा आजदेखि दुई दिन ड्रागन रेस फेस्टिभल सुरु भएको छ।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखराको फेवाताल किनारमा फेस्टिभल सुरु भएको हो।

    पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसन महोत्सवको सहआयोजक रहेका छन्। आजबाट सुरु फेस्टिभल भोलिसम्म चल्नेछ ।

    फेस्टिभल’का लागि बिहीबार फेवातालमा अभ्याससमेत गरिएको थियो । दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीबीच प्रतिस्पर्धा हुँदै छ ।

    चिनियाँ महोत्सवले चीनमा नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्डले जनाएको छ। महोत्सवपछि पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ।

    फेस्टिभलमा नेपाल र चीनका गरी १२० जना प्रतियोगीहरूको सहभागिता रहने बताइएको छ।

    २ सय र ५ सय मिटरमा गरि दुई भागमा ८ वटा डुंगाबाट रेस हुने छ। चीनबाट ल्याइएका४ चार वटा डुंगामा नेपाली र ४ वटा डुंगा चीनका प्रतिस्पर्धी रहने छन्। प्रतियोगितामा विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएका छन्।

    महोत्सवमा नेपाल र चीन दुवै देशका सांस्कृतिक कार्यक्रमको साथै दुवै देशका विभिन्न खानाका परिकार प्रदर्शन गरिएको छ। कार्यक्रममा सहभागी हुन चीनको लिङजी सहरबाट नगर प्रमुख सहित ६० जनाको टोली पनि पोखरा आएको बताइएको छ।

    मन्त्रालयले आफ्नो नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। योसँगै कोभिडपछि मार्च महिनादेखि चिनियाँ पर्यटक आउने क्रम सुरु भएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images