images
images
  • भारतीय फिल्मको प्रदर्शन नरोक्न अदालतको आदेश

    काठमाडौं- हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्णयविरूद्ध चलचित्र संघको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश आदेश जारी गरेको छ ।

    नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

    चलचित्र संघका कानुन व्यवसायी जयलाल भण्डारीका अनुसार यो विषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले १२ असारमा दुबै पक्षलाई बोलाएको छ ।

    दक्षिण भारतीय चलचित्र ’आदिपुरुष’मा रहेको ’जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरका मेयर शाहले गत सोमबारदेखि प्रदर्शनमा रोक लगाएका थिए।
    बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images