images
images
  • वेस्ट इन्डिजबिरुद्ध नेपाललाई तेस्रो सपलता, सन्दीपले लिए विकेट

    काठमाडौं- आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले तेस्रो विकेट गुमाएको छ।

    सन्दीप लामिछानेले १६औं ओभरको तेस्रो बलमा वेस्ट इन्डिजका बलर ब्रान्डोन किङ्गलाई बोल्ड गरेका हुन्। क्यारेबियन टिमका लागि ४२ बलमा ३२ रन जोडेका किङ्ग इनसाइड एजको शिकार भए।

    बलिङमा राम्रो सुरुआत गरेको नेपालका गुल्शन झाले वेस्ट इन्डिजका लागि वान् डाउनमा क्रिजमा उत्रिएका जोन्सोन चार्ल्सलाई पभिलियन फर्काएका थिए।

    त्यसअघि क्यारेबियन टिमका लागि ओपनिङमा उत्रिएका काइल मेयर एक रन बनाएर पभिलियन फर्केका थिए। मेयर दोस्रो ओभरको तेस्रो बलमा कुशल भुर्तेलको हातबाट क्याच भएका थिए।

    वेस्ट इन्डिजले १५.३ ओभर सकिँदा तीन विकेट गुमाएर ५५ रन बनाएको छ। वेस्ट इन्डिजका लागि कप्तान साइ होप २२ रन बनाएर खेलिरहेका छन्। यस्तै, अहिले क्रिजमा निकोलस पुरन उत्रिएका छन्।
    पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images