images
images
  • नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट

    काठमाडौं- आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा टस जितेर फिल्डिङ थालेको नेपालले दोस्रो विकेट लिएको छ।

    बलिङमा राम्रो सुरुआत गरेको नेपालका गुल्शन झाले वेस्ट इन्डिजका लागि वान् डाउनमा क्रिजमा उत्रिएका जोन्सोन चार्ल्सलाई पभिलियन फर्काएका हुन्।

    यसअघि क्यारेबियन टिमका लागि ओपनिङमा उत्रिएका काइल मेयर एक रन बनाएर पभिलियन फर्केका थिए। मेयर दोस्रो ओभरको तेस्रो बलमा कुशल भुर्तेलको हातबाट क्याच भएका थिए।

    वेस्ट इन्डिजले ४.१ ओभर सकिँदा दुई विकेट गुमाएर ९ रन बनाएको छ।

    हरारे स्पोर्ट्स क्लबमा १२: ४५ मा सुरु भएको खेलमा नेपाली कप्तान रोहित पौडेलले बलिङ रोजेका थिए। पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images