काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।
छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्स पोखरा विमानस्थलमा अवतरण गरेको हो। विमान पोखरा विमानस्थलमा एयरबस घज्ञढ को जहाज ९ बजेर ६ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्डययन प्राधिकरणले जनाएको छ।
जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत छ।
अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो जेठ २७ गते चीन भ्रमणमा गएका थिए।
यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ । आजबाट पोखरामा सुरु भएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चिनियाँहरू पोखरा आएका हुन्।
१ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।


विश्व खबर 




















