images
images
  • सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री चढेको गाडी बझाङमा दुर्घटना, ५ जना घाइते

    बझाङ- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

    धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिका देउरा नजिकै दुर्घटनामा परेको हो ।

    दुर्घटनामा मन्त्री सिंहसँगै, उनकी पत्नी ५० वर्षीया अमृता सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी, बझाङ जपृथ्बी नगरपालिका १० का ६० वर्षीया जयादेवी सिंह र मन्त्रीका पीएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी घाइते प्रहरीले जनाएको छ ।

    उनीहरुको देउरा स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भइरहेको छ । घाइते सबै जना अचेत रहेका प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images