images
images
  • अमेरिकाविरूद्ध नेपालको सानदार सुरूवात, करण केसीले लिए चौथो विकेट

    काठमाडौं- आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट सुरूवात गरेको छ।

    नेपाललाई चौथो सफलता हात परेको छ। अमेरिकाको तीन विकेट लिएका करण केसीले चौथो विकेट पनि झारेका छन्। उनले नोस्थुस केन्जीगलाई आउट गराए।

    उनले तेस्रो विकेटमा आरोन जोन्सलाई आउट गरे। २२ बलको सामना गरेका जोन्सले जम्मा २ रन जोडेका थिए। यस अघि करणले पहिलो विकेटमा स्टेभेन टेलरलाई एलबिडब्लुको शिकार बनाए। भने दोस्रोमा सैतेजा मुक्कामल्लालाइ आउट गरे। करणले ६ ओभरमा दुई मेडन ओभरसहित मात्र ७ रन खर्चेर चार विकेट लिएका हुन्।

    ताजा अवस्थामा अमेरिकाले १२ औं ओभरमा २३ रन बटुलेको छ। टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images