काठमाडौं- दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट ‘सीता भारतकी छोरी हुन्’ भन्ने गलत संवाद हटाइएको छ।
बिहीबार मात्र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)ले उक्त संवाद् नहटाए महानगरमा उक्त फिल्मसहित कुनै पनि हिन्दी फिल्म चलाउन नदिने चेतावनी दिएका थिए।
सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म आदिपुरुष मा समावेश ञजानकी भारतीय छोरी हुन् झ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सिताको जय होस’
‘ उनको चेतावनीपछि ‘आदिपुरुष’ फिल्मबाट निर्माताले ‘सीताकी छोरी हुन्’ संवाद फिल्मबाट हटाएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को ट्रेलरमा सीतालाई भारतकी छोरी भनिएको छ। रामायणअनुसार सीताको जन्म नेपालको जनकपुरमा भएको थियो र भगवान् राम आएर उनीसँग विवाह गरे।
फिल्ममा यसबाहेक यस्तै अन्य त्रुटि छन् कि छैनन्, त्यो भने हेर्न बाँकी छ।
फिल्ममा भगवान् रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नी सिंह छन्। सैफ अली खान रावणको भूमिकामा छन्।
बालेन शाहले भारतीय चलचित्र चल्न नदिने भएपछि ‘आदिपुरुष’बाट हटाइयो ‘सीता भारतकी छोरी हुन्’ संवाद
।


विश्व खबर 



















