images
images
  • एसिया कप ३१ अगस्टदेखि, ४ खेल पाकिस्तानमा बाँकी सबै श्रीलंकामा हुने

    ‘ए’ समूहमा नेपाल, भारत र पाकिस्तान

    काठमाडौं- पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’ स्वीकृत भएसँगै एसीसी एसिया कपको मिति सार्वजनिक भएको छ ।

    बिहीबार सार्वजनिक भएको मितिअनुसार प्रतियोगिता ३१ अगस्टदेखि पाकिस्तानमा सुरु भएर १७ सेप्टेम्बरमा श्रीलंकामा सम्पन्न हुनेछ ।

    पीसीबीले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’ प्रस्तावमा एसीसीसँगै सहभागी राष्ट्रका क्रिकेट बोर्ड सहमत भएपछि प्रतियोगिताको ४ खेल पाकिस्तानमा हुने निश्चित बनेको हो । यी ४ खेलबाहेक सबै खेलहरु श्रीलंकमा हुनेछ । प्रतियोगिताको समूह चरणका समान एकखेलका लागि नेपाल, बंगलादेश, श्रीलंका र अफगानिस्तानले पाकिस्तानको भ्रमण गर्नेछन् ।

    प्रतियोगितामा भारतले पाकिस्तानको भ्रमण गर्नेछैन । भारतको सबै खेल श्रीलंकामा नै हुनेछ ।

    “प्रतियोगिता हाइब्रिड मोडलमा आयोजना हुनेछ जसमा चार खेल पाकिस्तानमा हुनेछ र बाँकी नौ खेलहरू श्रीलंकामा हुनेछन् । २०२३ को संस्करणमा दुई समूहहरू हुनेछन्, प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सुपर फोर चरणको लागि छनोट हुनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली त्यसपछि फाइनलमा भिड्नेछन्,” एशियन क्रिकेट काउन्सिलले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

    प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल एसीसी प्रिमियर कप च्याम्पियनको हैसियतमा प्रतियोगितामा छनोट भएको हो ।

    ASia Cup

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images