काठमाडौं- गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रदेशसभाको बैठकमा प्रस्तुत गरीएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रममा प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, खाने पानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने, विद्युत् महसुलमा अनुदान दिने, सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने रहेका छन्
प्रदेश सरकारले मिर्गौला डायलिसिसको प्रतिक्षामा रहेका बिरामीलाई निःशुल्क डायलिसिस सेवा विस्तार गर्ने, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन, चालू खर्च कटौती गर्ने र पुँजीगत खर्च बढाउने विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
साथै, कृषि र पशु बिमा कार्यक्रम सञ्चालन मार्फत नागरिकलाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने पनि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम रहेको छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/06/Gandaki-Niti-karyekaram.pdf


विश्व खबर 



















