images
images
  • कर्मचारीको तलब बढेन, भत्तामा कटौती

    काठमाडौं- सरकारले ल्याएको नयाँ बजेटमा कर्मचारीको तलबमान विगतकै कायम गरिएको छ । कर्मचरीले पाउने रकम भने कटौती हुने भएको छ ।

    कर्मचारीले पाउने पोसाक भत्ता, महँगी भत्ता र फिल्ड भत्ता तथा वैदेशिक भत्ता भने कायम राखिएको छ ।

    बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशरण महतले भने, “स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तासहित भत्ता खारेज गरेको छु ।”

    रकारले आगामी आर्थिक वर्षमा कर्मचारीका लागि नयाँ दरबन्दी स्वीकृत नगर्ने नीति पनि बजेटमार्फत सार्वजनिक गरेको छ ।

    “सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना गरिने छैन,” अर्थमन्त्रीले भनेका छन्, “सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरवलोकन गरी छरितो बनाइने छ ।”

    उनले सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मंसिर महिनाभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने बताएका छन् । यसवर्ष सरकारले ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमा २० वटा समिति तथा बोर्ड खारेज गर्दै अन्य समान प्रकृतिका संस्थाको मर्जर नीति पनि लिएको छ ।

    “इन्धन, कार्यालयसम्बन्धी सामानलगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिने छ,” अर्थमन्त्री महतले भने, “सवारी सुविधा पाउने सबैलाई निश्चित रकम दिने व्यवस्था गरिने छ ।”

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images