काठमाडौं- सरकारले चालु आर्थिक वर्षमा देशको आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट ल्याउनु अघिल्लो दिन संसदमा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरे ।
सर्वेक्षणले अर्थतन्त्र सुधार हुँदै गएको बताएको छ।
कोभिड–१९ महामारीबाट प्रभावित विश्व अर्थतन्त्र क्रमिकरूपमा सुधारोन्मूख हुँदै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ।
अर्थमन्त्री महतले रुस र युक्रेन युद्धको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको बताएका छन् । उनले विश्वमै देखिन थालेको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताएका छ ।
सर्वेक्षणमा भनिएको छ,‘ आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान छ। चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ। त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ। ’
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/05/७९-८०-आर्थिक-सर्वेक्षण-.pdf


विश्व खबर 
















