images
images
  • ६६९ मेगावाट अरूण जलविद्युत् परियोजना विकास सम्झौताको मस्यौदा स्वीकृत

    काठमाडौं- लगानी बोर्डले ६६९ मेगावाटको अरूण जलविद्युत् परियोजना विकास सम्झौताको मस्यौदा स्वीकृत गरेको छ ।

    बोर्डले परियोजना विकासका लागि ‘एसजेभीएनएन लोअर अरूण पावर डेभलपमेन्ट कम्पनी (एसएलएपीडीसी’ सँग गरिने परियोजना विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरेको हो ।

    आइतबार प्रधानमन्त्री पुष्पकमनल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न ५४औँ बैठकले यो सम्झौता मस्यौदालाई स्वीकृत गरेको हो ।

    उक्त बैठकले सो परियोजना विकासको सम्झौताको सहमतिलाई स्वीकृति गरी मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने पनि निर्णय गरेको छ ।

    लगानी बोर्डको ५३औँ बैठकको निर्णयअनुसार बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरू सदस्य रहेको वार्ता समितिले दस्ताबेज तयार पारेको हो । एसजेभीएन लिमिटेड इन्डियासँग चरणबद्ध रूपमा वार्ता गरी सहमतिसहितको प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट (पीडीए)को अन्तिम मस्यौदा दस्तावेज तयार पारेको थियो ।

    बोर्डको अघिल्लो बैठकले तल्लो अरूण जलविद्युत् परियोजनाको लागि ९२ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ ।

    ६६९ मेगावाट क्षमताको यो परियोजनाको विकासले मुलुकको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण टेवा र्पुयाउने अपेक्षा गरिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images