images
images
  • बुढीनन्दा नगरको बार्षिक समिक्षा सार्वजनिक, कुल बजेटको ५१.५७ प्रतिशत खर्च

    बाजुरा- बुढीनन्दा नगरपालिकाले एक वर्षको बार्षिक उपलब्धी सार्र्वजनिक गरेको छ । पालिका स्तरीय बार्षिक समीक्षा कार्यक्रम मार्फत वर्षदिनको उपलब्धी सार्वजनिक गरेको हो । स्थानीय तह २०७९ को निर्वाचन पछिको पहिलो एक वर्षको समीक्षा सहीत उपलब्धी सार्वजनिक गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

    स्थानीय तह २०७९ को निर्वाचन पछिको पहिलो एक वर्षको कार्यकालमा गरेका विकास निर्माण तथा “सुखी जनता, समृद्ध बढीनन्दा” नगर निर्माणमा नयाँ जनप्रतिनिधीले खेलेको भूमिकाबारे नगरले एक वर्षको काम र उपलब्धिबारे समिक्षा  गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

    स्थानीय सरकार सञ्चालनपछि दोस्रो कार्यकालका लागी निर्वाचित नयाँ जनप्रतिनिधिले एक वर्षमा गरेका उपलब्धि र आगामी आर्थिक वर्ष ०८०/०८१ को नितीतथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको सुझाव सहितको समिक्षा मंगलबार सम्पन्न गरेको हो ।

    एक वर्षमा नगरको विकास र नगरवासीले गरेका अपेक्षा अनुसार जनप्रतिनिधिले गरेका काम र उपलब्धि समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको हो ।

    समिक्षा कार्यक्रममा नगरपालिकाले कुल बजेटको ५१ दशमलव ५७ प्रतिशत खर्च गरिसकेको बताएको छ । नगरको वार्षीक कुल बजेट ४८ करोड २५ लाख ७२ हजार ८ सय ४३ रुपियाँ २ पैसा रहेको थियो भने २४ करोड ९६ लाख ४६ हजार ५ सय २८ रुपैँया ८५ पैसा खर्च गरेको छ ।

    नगरपालिकाको चालु तर्फ ३३ करोड ८८ लाख ३१ हजार ८ सय ४३ थियो भने खर्च १९ करोड ३५ लाख २२ हजार ४ सय ५६ रहेको छ । चालुतर्फको कुल बजेटको ६१ दशमलव ६८ प्रतिशत खर्च गरेको हो ।

    यस्तै पुजीगत तर्फ कुल बजेट १६ करोड ९७ लाख ३९ हजार थियो भने खर्च ५ करोड ६६ लाख २४ हजार ७२ रुपैयाँ रहेको छ । पुजिगत तर्फको कुल बजेटको ३३ दशमलव १२ प्रतिशत खर्च गरेको छ ।

    पालिकाका तर्फबाट प्रदीपराज जैशीले प्रस्तुत गरेको उपलब्धीहरुमा शिक्षा र स्वास्थ्यमा राम्रो सुधार आएको देखाइएको छ । नगर प्रमुख रोजगार कार्यक्रम अन्र्तगत शैक्षिक सुधारका काम अघि बढेको, परीक्षा प्रणाली सुधार गरिएको, थप कक्षा र अतिरिक्त कक्षा सञ्चालन गरिएको खेलकुदमा राम्रो प्रगति देखिएको समीक्षा कार्यक्रममा जानकारी गराइएको छ ।

    पालिकाले सबैभन्दा राम्रो र जनताको पक्षमा स्वास्थ्य क्षेत्र मार्फत काम गर्न सकिएको नगर उपप्रमुख रामबहादुर बोहराले बताएका छन् । हाल प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा चार जना चिकित्सक छन् । एक जना एमडी, एक जना स्त्रीरोग विज्ञशेष र २ जना स्थायी दरबन्दी सहीत मेडिकल अधिकृत कार्यरत छन् । लामो समय प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर नै नपाएको भन्दै आलोचना हुने गरेको थियो ।

    नयाँ जनप्रतिनिधीसँगै दुई पटक निशुल्क बिशषेज्ञ सेवा सञ्चालन भइरहेको छ । भने अप्रेशस सहीतको सेवा प्रवाह प्राथमिक स्वास्थ्य केन्द्रबाटै भइरहेको छ । ६ महिनाको अवधीमा १६ जना गर्भवतीलाई अप्रेशन मार्फत बच्चा जन्माउने कार्य गरिएको छ । एक्सरे, प्रसुती, विरामीहरुलाई समेत चेकजाँच र परामर्श सेवाका लागि सहज भएको छ ।

    पालिकाले साउन भित्र एम्बुलेन्स सेवा सुचारु गरिसक्ने गरि खरिद प्रक्रिया अघि बढीसकेको, नगर बस खरिदको नीति अघि बढाइएको, कृषिमा आधुनिकरण र उत्पादनका लागि लगानी बढाइएको र कोल्टी बजारमा दुध समेत नपाउने स्थिति सुधारका लागि जर्सि गार्य पालनका लागि अनुदान सहीत व्यवसाय सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् ।

    विगतका समयमा विकास निर्माण लगायत स्थानीय स्तरमा हुँने गरेका विभिन्न वेथिति अन्त्य गर्दै पारदर्शी र सुशासन प्रत्याभूति दिन नगरका कर्मचारी र जनप्रतिनिधि अहोरात्र खटिएको नगर प्रमुख जनक कुमार बोहोराले बताए।

    “सुखी जनता, समृद्ध बढीनन्दा” निर्माण गर्ने परिकल्पना गर्नु भएका नगर प्रमुख बोहोराले अबको ४ वर्षमा बुढीनन्दालाई बाजुराकै नमुना नगरपालिका बनाउने लक्षका साथ अगाडि बढेको प्रमुख बोहोराले नगरबासीलाई स्पष्ट पारे ।

    विकास आयोजनहरु मापडण्ड र गुणस्तर पुरा नगरी भुक्तानी गर्ने विगतको बेथिती अन्त्य गर्न र नागरिकलाई श्रम गरेर खान प्रेणा दिने नगर प्रमुख बाहोरा र प्रमुखको कायैशैली प्रति बुढीनन्दा नगरपालिकाका नगरबासी खुसी अत्यन्तै खुसी भएको एक स्थानीयले बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images