images
images
  • सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने

    काठमाडौं- सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम पर्सी जेठ ५ गते ल्याउने तयारी गरेको छ ।

    मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीचको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको जानकारी गराएका हुन् ।

    ‘सरकारकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ’, सभामुखलाई जानकारी गराउँदै प्रधानमन्त्रीले भनेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद्, बजेट र नीति तथा कार्यक्रमबारे छलफल भएको थियो ।

    यसअघि जेठ ३ मा नीति तथा कार्यक्रम ल्याउने तयारी भए पनि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जेठ ४ गतेलाई तय भएकाले त्यसपछि मात्रै नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    बजेट भाषणअघि सरकारले संसद्मा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने प्रचलन रहे पनि यो पटक राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपतिले वाचन सुरु गरे पनि प्रधानमन्त्रीले पूर्ण वाचन गर्नेबारे दलहरूबीच छलफल भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images