दाङ- सरकारले दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज भएको छ।
भारतीय कम्पनीले लामो समयदेखि अलपत्र पारेको सो सडकखण्ड निर्माणको सम्झौता खारेज गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए।
यो सँगै अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको छ। ‘अब सडक डिभिजन कार्यालयले वर्षातअघि नै मर्मत सुधार गर्ने छ,’ केसीले भने, ‘नयाँ टेण्डरका लागि थप प्रक्रिया अघि बढाइने छ।’
उक्त सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















