images
images
  • सेयर धितोमा बढेन बैंकहरूको लगानी, कर्जामा पनि गिरावट

    काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८०को चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा लगानी बढाउन थालेका छन्। शैक्षिक क्षेत्रमा जाने कर्जा गत वर्षको तुलनामा बढेर दोब्बर नै पुगेको छ।

    आर्थिक संकट तथा सरकारले जग्गा कित्ताकाटमा गरेको निर्णयले यस क्षेत्रमा लगानी ह्वात्तै घटेको थियो। तर, पछिल्ला दिनहरूमा घरजग्गा क्षेत्रमा लगानी बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

    पछिल्लो समय टर्म लोन समेत बढ्दै गइरहेको छ। त्यसैगरी सेयर धितो कर्जा र हायर पर्चेज लगायतका क्षेत्रमा कर्जा घट्दै गइरहेको तथ्याकंले देखाउँछ।

    चालु आर्थिक वर्षको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेका छन्।

    तरलता अभावले बैंकको कर्जा प्रवाह क्षमता घटेको, ब्याजदर बढेको, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारणले सेयर कर्जा घटेसँगै ऋण लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता पनि घटेको जानकारहरू बताउँछन ।

    यस्तै  चालु आवको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर दिने कर्जा पनि घटाएका छन्।

    आर्थिक वर्षको सुरुवातदेखि नै लगानी योग्य रकम (तरलता) समस्या झेल्दै आएका वित्तीय संस्थाले सेयर धितो राखिदिने कर्जा घटाएका हुन्।

    यता सेयर बजारमा निरन्तर देखिएको गिरावट र तरलता समस्याबीच बैंकहरूले सेयर धितो राखेर दिने कर्जा घटाएको एक बैंकरले बताए। साथै २५ करोडमा माथिको कर्जाको जोखिम भार समेत डिमान्ड समेत घटेको ती बैंकरको भनाई छ।

    आर्थिक वर्षको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले ७५ अर्ब १० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।

    गत वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ९४ अर्ब ५९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए। गत वर्षको तुलनामा सेयर धितोकर्जा १९ अर्ब ४९ करोड रुपैयाँ कम हो।

    बैंक तथा वित्तीय संस्थाले चैत मसान्तसम्ममा एक करोड माथिको सेयर धितोकर्जा वापत ४३ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरूले ५८ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

    त्यसैगरी ५० करोडदेखि १ करोडसम्ममको सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले ११ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष सोही अवधिमा यस्तो कर्जा ११ अर्ब ८६ करोड प्रवाह गरेका थिए।

    यता २० देखि ५० करोडसम्ममा सेयर धितो कर्जा समेत घटेको छ।

    चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले यस्तोमा १२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

    २५ लाखसम्मको सेयर धितो कर्जा समेत घटेको छ। चैत मसान्तसम्ममा ६ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरुले ८ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images