images
images
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ

    काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।

    भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए। इस्लामबाद उच्च अदालत परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई  बाहिरबाटै पक्राउ गरेका छन् ।

    इस्लामबादका आइजीले यसको पुष्टि गर्दै अलकादिर ट्रस्ट मुद्दामा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्। यससँगै इस्लामबाद प्रहरीले धारा १४४ जारी गरेको छ। यसको उल्लंघन गरे कारबाही गर्ने प्रहरीले जनाएको छ।

    पीटीआईले पूर्वप्रधानमन्त्री खानलाई अदालत परिसरबाट अपहरण गरेको आरोप लगाएको छ। पार्टीका नेता फवाद चौधरीले पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गरिएको र वकिल र सर्वसाधारणलाई यातना दिएको बताए। उनले तत्काल अदालतमा पेस गर्न चेतावनी दिएका छन्।

    आफूमाथि लगाइएका आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

    गत एप्रिलमा उनी सत्ताबाट निकालिएका थिए। त्यसयता उनले समयअगावै निर्वाचनको पक्षमा अभियान चलाउँदै आएका छन्।

    हालै एउटा ¥यालीको क्रममा इमरान खानमाथि गोली प्रहार गरिएको थियो। घटनामा उनी बाँच्न सफल भएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images