images
images
  • प्रतिनिधि सभामा वैशाख २५ देखि तीन दिनसम्म प्रि-बजेट छलफल हुने

    काठमाडौं- वैशाख २५ देखि २७ गतेसम्म बजेट तयारी (प्रि-बजेट)बारे प्रतिनिधि सभामा छलफल हुने भएको छ ।

    आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा वैशाख २५ देखि २७ गतेसम्म प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गर्ने र २७ गते अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

    आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा -कर प्रस्तावबाहेक_ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    अर्थमन्त्रीले प्रस्तुत गर्ने प्रस्तावमाथि सोमबार र मङ्गलवार पाँच-पाँच घण्टा र बुधबार दुई घण्टा सांसदहरुले आफ्नो राय राख्नेछन् । बुधबार नै अर्थमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि प्रतिनिधिसभामा प्रि-बजेट छलफल सकिनेछ ।

    यो बाहेक परामर्श समितिको बैठकमा सदनलाई प्रभावकारी बनाउन अनिवार्य रूपमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा सांसदहरुले उठाएका विषयको जवाफ दिनुपर्नेबारेमा समेत छलफल भएको छ ।‘सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुँदा सांसदहरुको ई–हाजिरीको व्यवस्था गर्नुपर्ने तथा लगातार संसदमा बस्ने सांसदको नाम सदनमा प्रस्ताव गरिनुपर्ने र सभामुख र उपसभामुख तटस्थ हुनुपर्ने विषयमा पनि छलफल भयो’, खतिवडाको भनाइ छ ।

    अर्थमन्त्रीले प्रिबजेटमाथि उठेका प्रश्नको जवाफपछि सरकारको नीति तथा कार्यक्रम आउने र जेठ १५ गते बजेट ल्याउने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images