काठमाडौं- लेखापालका रुपमा कार्यरत नेपाल प्रहरीका नायव निरीक्षक (सई) बिनोद विष्टलाई ५० हजार नगद र डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो ।
सइ बिष्ट जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत थिए । घुस लिनकै लागि उनी काठमाडौैं आएको प्रहरी स्रोत बताउँछ ।
महोत्तरीमा एसपी प्रकाश मल्ल कार्यरत छन्। घुसकान्डमा अन्य प्रहरीको पनि संलग्नताको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















