काठमाडौं- सुनको मूल्य आज फेरि प्रतितोलामा १२ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितो १२ सय रुपैयाँले बढेर १ लाख ११ हजार ८ सय कायम भएको छ।
महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार दुई सय ५० पुगेको छ।साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ।
गत सातादेखि घट्न थालेको सुनको मूल्य हिजो (बुधबार) एकै दिन तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको हो।
चाँदीको मूल्य तोलामा २० रुपैयाँँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँ कायम छ। बुधवार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















