
काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ ।
मंगलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १.८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने अनुमान गरेको हो ।
योसँगै आर्थिक वर्षको अन्तसम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने तथ्याङ्क कार्यालयको भनाइ छ । यसअघि यस्तो जीडीपीको आकार ४८ खर्ब हाराहारी रहेको थियो ।
यो प्रक्षेपण विश्व बैंक, आइएमएफसँग मिलेको छैन। कार्यालयको प्रक्षेपण सधैँ बढी हुने गरेकोमा यसपालि कम भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
प्रमुख आर्थिक सूचकहरूको अवस्था
– कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा १.८६ प्रतिशत।
-कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत ।
-चालू मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ८० खर्ब १० अर्ब ६७ करोड रुपैयाँ।
-चालू मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३३ खर्ब ९४ अर्ब १७ करोड रुपैयाँ।
-चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँ।
-चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ५३ खब ८१ अर्ब ३४ करोड।
-चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १३ खर्ब ५६ अर्ब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत)
-चालू मूल्यमा अन्तिम उपभोग खर्च ५० खर्ब ३६ अर्ब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९ ३.५९ प्रतिशत)।
-चालू मूल्यमा वस्तु तथा सेवा निर्यात तीन खर्ब ८५ अर्ब ११ करोड रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत)
-चालू मूल्यमा वस्तु तथा सेवा आयात १९ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ (कुल गार्हस्थ उत्पादनको ३६.५ प्रतिशत)।
-चालू मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत ।
-विप्रेषण १२ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत ।
-प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १,८२,६८३ रुपैयाँ अर्थात् १३९९ अमेरिकी डलर।
-प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,८४,१४० रुपैयाँ अर्थात् १४१० अमेरिकी डलर।
प्रतिक्रिया दिनुहोस्