images
images
  • सन्दीप लामिछाने बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

    काठमाडौं- नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन।

    नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सफल सन्दीप लामिछानेलाई यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो।

    यस प्रतियोगितामा सन्दीपले ५ खेलमा १३ विकेट लिएका थिए। ब्याटिङतर्फ पनि सन्दीपले कतार विरुद्धको खेलमा आउट नभई ४२ रनको योगदान दिएका थिए। युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका छन्।

    वृत्यले ६ खेलमा २ शतक र १ अर्ध शतकसहित कुल ४ सय ५४ रन बनाएका थिए।ओमानका तीव्र गतिका बलर बिलाल खान ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिता को उत्कृष्ट बलर चुनिएका छन्।

    एसिया कप २०२३ आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ। नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

    हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन्। सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन्। एसिया कप एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीको रुपमा एसिसीले आयोजना गर्ने गर्दछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images