
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवसर पाए सांसद स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने भएको छ । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि तयार हुनुपर्ने पार्टीको भनाइ छ ।
पार्टीले यसअघिकै मन्त्रालय पाए सरकारमा जाने तयारी गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा पनि यस विषयमा छलफल भएको थियो । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर ठोस निर्णय गरिने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
बैठकका निर्णय सार्वजनिक गर्दै उनले रास्वपाले यसअघि पाएकै मन्त्रालय दिन र सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार भइसकेको जिकिर गरे ।
बैठकका निर्णय सार्वजनिक गर्दै उनले रास्वपाले यसअघि पाएकै मन्त्रालय दिन र सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार भइसकेको जिकिर गरे ।
साविकको मन्त्रालय पाए स्वर्णिम वाग्ले कसरी अर्थमन्त्री बन्छन् रु भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा उनले प्रधानमन्त्री प्रचण्डले चाहे सांसद वाग्लेलाई अर्थमन्त्री बनाउन पार्टी तयार रहेको बताए ।
“आजको बैठकमा देशको अर्थतन्त्रको अवस्था हेरेर अर्थतन्त्र मन्त्रालय पनि दाबी गर्नुपर्छ र उहाँलाई अर्थमन्त्री बनाउनुपर्छ भनेर साथीहरूले धारणा राख्नुभयो,” उनले भने, “प्रधानमन्त्री तयार भएको अवस्थामा हामी स्वर्णिम वाग्लेलाई मन्त्री बनाउन तयार छौँ ।”
उनले अब पार्टी सत्तामा रहन्छ वा प्रतिपक्ष भन्ने विषय शुक्रबारसम्म टुंगो लाग्ने बताए । “कि त पार्टी प्रतिपक्षमा जान्छ कि त सत्तापक्षमा बस्छ । हामी बीचमा नबस्ने निर्णय गरेका छौँ । पार्टी सरकारमा जाने या प्रतिपक्षमा बस्ने शुक्रबार संयुक्त बैठक बसेर निर्णय गर्ने निर्णय भएको छ,” उनले भने, “आज साथीहरूले सरकारमा जाँदाको फाइदा र बेफाइदाको विषयमा धारणा राख्नुभयो ।”
प्रतिक्रिया दिनुहोस्