images
images
  • यी १६ सेयर ब्रोकर कम्पनीले पाए लाइसेन्सको आशयपत्र

    काठमाडौ- नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)को लाइसेन्सको आशय पत्र (एलओआई) प्रदान गरेको छ ।

    नेपाल धितोपत्र बोर्डको आज बिहान बसेको सञ्चालक समितिको बैठकले आवेदन दिएका ४५ मध्य एउट स्टक डिलरसहित १६ वटा कम्पनीलाई लाइसेन्सको लागि आशय पत्र दिने निर्णय गरेको हो।

    स्टक डिलरको नबिल र ब्रोकरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि मेगा स्टक मार्केटले आशयपत्र अर्थात् एलओआई प्रदान गर्ने निर्णय बोर्डले गरेको हो।

    बाँकी १४ वटाले भने सीमित कार्य गर्नका लागि ब्रोकर लाइसेन्स पाएका छन्।

    यी हुन् एलओई पाएका कम्पनीहरुः

    १. नबिल सेक्युरिटिज – धितोपत्र व्यापारी

    २. मेगा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल

    ३. हिमालयन ब्रोकेज कम्पनी – सीमित कार्य गर्ने धितोपत्र दलाल

    ४. सीबीआईएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    ५. केबीएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    ६. एनएमबि सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    ७. आरबीबी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    ८. सानिमा सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    ९. इन्डेक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    १०. सन् सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    ११. क्यापिटल म्याक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    १२. भोले गणेश सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    १३. इन्फिनिटी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    १४. आकाश भैरव सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    १५. एलिट स्टक हाउस – सीमित कार्य गर्ने धितोपत्र दलाल

    १६. एसपीएसएस सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

    प्रतिक्रिया दिनुहोस्

    images
    images