२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

एन्टिबाइटिक औषधिको प्रयोग बढ्दो

c 3
यतिबेला रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने बित्तिकै सबैलाई डर लागि हाल्छ, कि अब कोरोना लाग्यो । यस्ता लक्षण देखिनासाथ नडराई नागरिक स्वास्थ्य संस्थामा जानुपर्छ । यहाँ त्यसो हुन सकिरहेको छैन, सामान्य तरिकाले टाउको दुख्ने, खोकी लाग्ने र हल्का ज्वरो आउने बित्तिकै टाइफाइडको औषधि खाने चलन रहेको बताइएको छ ।

टाइफाइडको जाँच गरेर चिकित्सकको सिफारिसअनुसार पाँच दिनसम्म बिरामीले औषधि सेवन गर्नुपर्छ । यतिबेला यस्ता लक्षण देखिनासाथ सिधै मेडिकलमा गएर डाइफाइडको औषधि खानेको सङ्ख्या उल्लेख्य रहेको बताइन्छ ।

सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा सुदाले भन्नुभयो, “केही दिनअघि एकजना ज्वरो आयो भन्दै आउनुभयो, हामीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर ग¥याँै, पछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भयो, उहाँ सास फेर्न गाह्रो भएपछि आउनुभयो ।” उहाँको अवस्था अहिले सुधार भइरहेको उहाँले बताउनुभयो । 

“हामीले उहाँलाई किन गाह्रो भएपछि आउनुभयो भनेर सोध्दा पाँच दिनसम्म टाइफाइडको औषधि खाएको र कम नभएपछि आएको सुनाउनुभयो, समुदायमा टाइफाइडको औषधि खाने धेरै रहेछन् यसले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n