images
images
  • नयाँ वर्षको पूर्वसन्ध्यामा १८१ जना चिनियाँ पर्यटक नेपालमा, मन्त्रीले गरे स्वागत

    काठमाडौं । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।

    चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरे ।

    आज बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् ।

    ‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताका तर्फबाट भव्य स्वागत गरियो’, पर्यटन मन्त्रीले उल्लेख गरेका छन्,‘ भोलिदेखि नयाँ वर्ष मात्र होइन, नयाँ दशक प्रारम्भ हुँदै छ। मलाई विश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ।’

    पर्यटकहरुलाई नेपाली मौलिक बाजा पञ्चेबाजा बजाएर पनि स्वागत गरिएको छ । पर्यटकहरुले नेपाल र चीनको झण्डा बोकेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images