images
images
  • वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट संघाई बाहिरिए, अन्जान र उमेशबिच पुनः भिडन्त

    काठमाडौं- उद्योग वाणिज्य महासङ्घको चुनाव दोस्रो चरणमा धकेलिएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत नल्याउँदा दोस्रो चरणको मतदान हुने भएको हो ।

    महासङ्घको निर्वाचन समितिका अनुसार दोस्रो चरणको चुनावमा अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठबिच पुनः भिडन्त हुने भएको हो । अन्जान श्रेष्ठले सबैभन्दा धेरै मतभार पाएका छन् भने उमेशलाल श्रेष्ठले दोस्रो धेरै मतभार पाएका छन् ।

    तेस्रो धेरै मतभार पाउने रामचन्द्र संघ पहिलो चरणबाटै बाहिरिएका हुन् । महासङ्घको इतिहासमै पहिलोपटक दोस्रो चरणको मतदान हुने भएको हो ।

    २०२२ सालमा स्थापना भएको महासङ्घको अहिलेसम्मको इतिहासमा दोस्रो चरणमा कहिल्यै मतदान भएको छैन ।

    महासङ्घको निर्वचनले दिएको जानकारीअनुसार अन्जान श्रेष्ठले कुल ३७.९९ प्रतिशत मतभार पाएका छन् । यस्तै उमेशलाल श्रेष्ठले कुल ३१.५१ मतभार र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मतभार पाएका छन् ।

    दोस्रो चरणको मतदान २ घण्टापछि सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images