images
images
  • उद्योग वाणिज्य महासंघ एसोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

    काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।

    प्राप्त नतिजाअनुसार ८४६ मत ल्याउँदै श्रेष्ठ एसोसिएट उपाध्यक्ष चुनिएकी हुन्। उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याएका छन्। एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता मध्यकुल १ हजार ६५० मत खसेको थियो ।

    जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।

    एसोसिएट सदस्यतर्फ १९ जनाको नतिजा यसअघि नै आइसकेको छ।

    महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार मतदान भएको हो।

    महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुने छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ।

    वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा छन्। वरिष्ठ उपाध्यक्षतर्फ मत गणना सुरु नै गरिएको छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images