images
images
  • सिन्धुलीमा कार दुर्घटना हुदा ४ जनाको मृत्यु

    सिन्धुली- विपी राजमार्गको खनियाखर्क नजिक कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

    विपी राजमर्गको कमलामाई नगरपालिका ३ सिन्धुलीगढीको गेट नजिकै काठमाण्डौतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।

    दुर्घटनामा ३ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

    उनका अनुसार राती करिब साढे १२ बजेको समयमा गाडी दुर्घटना भएको खबर पाएसँगै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिलवालकै नेतृत्वमा उद्धारमा प्रहरी खटिएको थियो । तर कार सडकबाट भिरमा खसेकाले उद्धारमा कठिनाई भएको र शब निकाल्ने कार्य जारी रहेको छ ।

    गाडीमा सवार रहेका ५ जनामध्ये ४ जनाको मृत्यु भएको र १ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images