images
images
  • हाम्रो वित्तीय क्षेत्र सुरक्षित छ, सानो धक्काले असर गर्दैन: गभर्नर अधिकारी

    काठमाडौ- काठमाडौ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्।

    मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

    नेपालको अर्थतन्त्र सुधार उन्मुख रहेकाले वित्तीय क्षेत्र सुरक्षित रहेको गभर्नर अधिकारीको भनाइ छ। ‘सानो धक्काले असर गर्दैन’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता बढी नै छ।’

    उनले पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत रहेको बताए। साथै निष्क्रिय कर्जा समेत २.६३ प्रतिशत रहेको उल्लेख गर्दै उनले विद्युतीय कारोबार उल्लेख बढेको बताए।

    उनले बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताए।

    उनले अर्थतन्त्रमा आगामी दिनमा सुधार हुने बताए। उनले बैङ्क र व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images