images
images
  • विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति, कति पुग्यो सम्पत्ति ?

    काठमाडौं- नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी विश्वकै १६४७औं धनी व्यक्ति बनेका छन् ।

    चर्चित म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूची (वर्ल्ड ¥यांकिङ)मा उनको सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको देखिएको हो।

    ६७ वर्षका उनको सम्पत्ति स्रोत विविध रहेको छ। काठमाडौंका उनका तीन सन्तान छन्। फोर्ब्सले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपति वरीयतामा परेयताकै सबैभन्दा धेरै हो।

    सन् २०१४ मा उनी अर्बपति सूचीमा प्रवेश गरेका थिए। त्यतिबेला उनको सम्पत्ति १।१ अर्ब डलर थियो।

    उनी सन् २०२२ मा १९२९ औं स्थानमा थिए। एक वर्षको अवधिमा चौधरीको सम्पत्तिसमेत ३० करोड डलरले वृद्धि भएको छ। म्यागेजिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.५ अर्ब डलर रहेको थियो।

    चौधरी अन्तर्गत सीजी ग्रुप ग्लोबल रहेको छ। उनीसँग भएका नबिल बैंक, सीजी फुड्सबाट उत्पादित वाईवाई चाउचाउ चर्चित छन्। वाईवाई नेपालबाहेक भारत, सर्विया र बंगालादेशमा उत्पादन भइरहेको छ भने इजिप्टमा उत्पादनको तयारीमा छ।

    यसैगरी सीजीका विश्वका विभिन्न देशमा होटल पनि रहेका छन्। उनलाई उनका छोरा निर्वाण, राहुल र वरुणले सघाइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images