images
images
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ११ हजार पुग्यो

    काठमाडौं-  साताको चौंथो दिन बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

    केही समयअघि १ लाख १० हजारसम्म पुगेर रेर्कड राखेको थियो । यो रेर्कडलाई समेत तोडेर आज नयाँ रेर्कड बनाएको छ ।अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यसैगरी चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images