images
images
  • कम्प्रेसर मेसिन पड्किँदा एक जनाको मृत्यु, दुईजना घाइते


    नेपालगञ्ज । नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किँदा एकजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनीमा रहेको किसान फिड मिल प्रालिमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किँदा बारा कलैया उपमहानगरपालिका वडा नम्बर १९ का २५ वर्षीय साविराज मियाको मृत्यु भएको छ।

    घटनास्थलमा पुगेका वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डिल्ली खड्काका अनुसार, मिलमा रंग लगाउने क्रममा कम्प्रेसर मेसिन पड्किँदा नसरुद्दिन मिया र इसराद्दिन मिया घाइते भएका छन्।

    घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images