images
images
  • राहुल गान्धीको सांसद पद खारेज

    काठमाडौं- कांग्रेस आईका पूर्व अध्यक्ष तथा लोकसभा सदस्य राहुल गान्धीको सांसद पद खारेज भएको छ।

    चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।

    यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो ।

    अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।

    सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा ’किन सबै चोरका थर मोदी छ ?’ भनेको आरोप लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images