images
images
  • ८ महिनामा ६ अर्बका स्मार्टफोन भित्रिए, कुन देशबाट कति ?

    काठमाडौं- नेपालमा आर्थिक वर्ष २०७९/८० को ८ महिनामा करिब ११ लाख स्मार्टफोन भित्रिएका छन् ।

    भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांकअनुसार साउन महिनादेखि १० करोड ९४ हजार ८ सय ८९ वटा स्मार्टफोन नेपाल भित्रिएका हुन् ।

    यी स्मार्टफोनको मूल्य १६ अर्ब ६० करोड २ लाख ७३ हजार रहेको छ । यसमार्फत् सरकारलाई ३ अर्ब ९ करोड ८५ लाख ३२ हजार राजस्व रुपैयाँ राजस्व उठेको छ ।

    कुन देशबाट कति स्मार्टफोन भित्रिए
    सबैभन्दा बढी चीनबाट १० अर्ब ७१ करोड मूल्य बराबरका ७ लाख ६४ हजार ८ सय ४२ स्मार्टफोन भित्रिएका छन् । यसबाट सरकारलाई करिब २ अर्ब राजस्व उठेको छ ।

    दोस्रोमा भारतबाट ४ अर्ब ६१ करोड मूल्य बराबरका ३ लाख १३ हजार ६ सय ३४ स्मार्टफोन भित्रिएका छन् । यसबाट सरकारलाई करिब ८६ करोड राजस्व उठेको छ ।

    तेस्रोमा भियतनामबाट ७१ करोड ७८ लाख मूल्य बराबरका ६ हजार ३ सय मोबाइल फोन भित्रिएका छन् । यसमा सरकारलाई करिब १३ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    युनाइटेड अरब एमिरेट्सले (युएई) करिब १४ करोड मूल्य बराबरको ३ हजार ३ सय ७२ मोबाइल आयात भएको छ । यसबाट सरकारलाई करिब २ करोड ६२ लाख राजस्व उठेको छ ।

    यस्तै संयुक्त राज्य अमेरिकाबाट करिब १२ करोड मूल्य बराबरको १ हजार २ सय स्मार्टफोन भित्रिएका छन् । यसबाट सरकारलाई करिब २ करोड ३२ लाख राजस्व उठेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images