images
images
  • प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्ने युवालाई ५ दिन हिरासतमा राख्ने

    काठमाडौं– जिल्ला अदालत काठमाडौंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध विरोध प्रदर्शन गर्ने तीन जना युवालाई हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले उनीहरूलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्माविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको काठमाडौँ प्रहरीले जनाएको छ।

    प्रहरीले मङ्गलवार उनीहरूलाई मुख थुनेर पक्राउ गरेको थियो । पक्राउ परेका तीन जना युवा महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन्।

    अभद्र कसुर मुद्दामा अनुसन्धान गर्न भन्दै काठमाडौँ प्रहरीले अनुमति मागेको थियो।

    उनीहरूलाई मुख थुनेर पक्राउ गरेको भन्दै अहिले सरकारको चौतर्फी रूपमा आलोचना भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images