images
images
  • नेप्सेमा दोहोरो अंकको गिरावट, १ अर्ब ३३ करोडको कारोबार

    काठमाडौं- मंगलवार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधवार १५ .७६ अंकले गिरावट आएको छ।

    पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ। उक्त उदारचढावका बीच बुधवार नेप्से परिसूचक १५.७६ अंक घटेर १९३३.२९ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले घटेको छ।

    बुधवार कारोबारमा आएका २६६ कम्पनीको ३७ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।  मंगलवारको तुलनामा बुधवार कारोबार रकम पनि बढेको छ। मंगलवार १ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो।

    बुधवार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन,जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    बुधवार नेप्से घटेपनि माया खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सपोर्ट माइक्रोफाइनन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यता बोटलर्स नेपालको शेयरमूल्य ७.६२ प्रतिशत घटेको छ । बुधवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images