images
images
  • दक्षिणकालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

    काठमाडौं- दक्षिणकाली नगरपालिका-८ शितल चोकमा जिप दुर्घटना भएको छ ।

    हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।मृतकको पहिचान खुलेको छैन।

    दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images