images
images
  • सुनको मूल्यमा हालसम्मकै नयाँ रेकर्ड, प्रतितोला मूल्य १ लाख १० हजार माथि

    काठमाडौं- आइतबार सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ ।

    सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासंघले बताएको छ ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ तोकिएको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो ।

    आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो ।

    यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्य एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघकाअनुसार आज तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कामय भएको छ भने चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images