काठमाडौं- काठमाडौं महानगरपालिकाले गौशालाको धर्मशालामा बनाइएका अवैध संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीका अनुसार पशुपति क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएका संरचनाको निरीक्षण गरेपछि हटाउन निर्देशनसहितको अल्टिमेटम दिइएको छ ।
पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा अतिक्रमण गरि गौशाला धर्मशाला सञ्चालन भइरहेको पाइएकोले महानगरद्वारा हटाउन निर्देशन दिइएको अधिकारीले बताए ।
त्यस्तै उक्त क्षेत्रमा २० भन्दा धेरै दर्ता नै नगरी सटर सञ्चालन भइरहेको महानगर जनाएको छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले अल्टिमेटम दिएको हो ।
नगर प्रहरी प्रमुख पाण्डेले नक्सापास बिना नै बनाइएका गाई फार्म, डायलासिस सेन्टर र अपांगता भएकाहरुको कृतिम खुट्टा हाल्ने स्वास्थ्य संस्थालाई भने केही समय दिएर खाली गराउन निर्देशन दिएका छन्।


विश्व खबर 



















